अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपसभामुखमा श्रम संस्कृतिबाट २५ वर्षीया रुबीको उम्मेदवारी दर्ता

उपसभामुखमा श्रम संस्कृतिबाट २५ वर्षीया रुबीको उम्मेदवारी दर्ता


काठमाडौं- प्रतिनिधि सभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीबाट रुबी कुमारी ठाकुरले उम्मेदवारी दर्ता गराएकी छन् । उनी २५ वर्षकी छन्। उनी समानुपातिक प्रणालीबाट सांसद बनेकी हुन् ।

उपसभामुखमा राप्रपाकी सरस्वती लामाले पनि उम्मेदवारी दर्ता गरेकी छन्।

उम्मेदवारी दर्ताको समय आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको थियो ।

नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधि सभाको उपसभामुखमा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने भएका छन्।