काठमाडौं-प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीको तर्फबाट २५ वर्षीय रुबीकुमारी ठाकुर उम्मेदवार बनेकी छन् ।
राजनीतिक समीकरण आधा घण्टामै फेरिएको छ। रास्वपाले उपसभामुखमा श्रम संस्कृतिलाई समर्थन गरेको छ। यसअघि रास्वपाले राप्रपालाई समर्थन गर्ने निर्णय गरेको नेताहरूले जानकारी दिएका थिए।
रास्वपाले समर्थन गर्ने भएपछि राप्रपाबाट सरस्वती लामाले उम्मेदवारी दर्ता गराएकी छन्। तर अन्तिम अवस्थामा रास्वपाले निर्णय बदलेर श्रम संस्कृतिका उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन गरेको हो।
रास्वपाको साथ पाएपछि ठाकुर उपसभामुख बन्ने पक्का भएको छ। ठाकुरलाई नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधि सभाको उपसभामुखमा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने भएका छन्।






प्रतिक्रिया