काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाही सत्तारुढ दल रास्वपासँगको सहमतिमै आफ्नो पार्टीले उपसभामुखमा उम्मेदवारी दिएको बताएका छन्।
बिहीबार उपसभामुखमा राप्रपा सांसद सरस्वती लामाको उम्मेदवारी दर्तापछि सिंहदरबारमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै शाहीले यस्तो बताएका हुन् ।
‘हामीले सबैसँग कुरा गरेर उम्मेदवारी दर्ता गराएको हो। रास्वपा सभापति रवि लामिछानेसँग पनि छलफल गरेको हो’, उनले भने, ‘रवि लामिछानेले फोन गरेको हो ।’
रास्वपाले श्रम संस्कृतिका उम्मेदवारलाई सघाउने सुनिएको छ नि ? भन्ने प्रश्नमा शाहीले भने, ‘उहाँहरूले त्यो राजनीति गर्नुहुन्छ भने गरुन्, मैले सत्य बोल्नुपर्छ ।’ उनले राजनीतिमा तलमाथि हुने कुरा सामान्य भएको समेत बताए ।






प्रतिक्रिया