अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वसभामुख महरासहित भन्सार कर्मचारीविरुद्ध सात करोड रुपैयाँभन्दा बढीको भ्रष्टाचार मुद्दा

पूर्वसभामुख महरासहित भन्सार कर्मचारीविरुद्ध सात करोड रुपैयाँभन्दा बढीको भ्रष्टाचार मुद्दा


काठमाडौं – विद्युतीय चुरोट (भेप)मा लुकाएर सुन तस्करी गराएको अभियोगमा पूर्वसभामुख तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता कृष्णबहादुर महरासहित २८ जना र एक कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महरासहित चार जना विदेशी, एक नेपाली कम्पनी र २४ जना नेपाली नागरिकविरुद्ध मुद्दा दायर गरेको विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले बताए। उनीहरुमाथि आयोगले ७ करोड ७८ लाख ६८ हजार बिगो माग गरी मुद्दा दायर गरिएको उनले बताए। 

उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिमको कसुर भएको हुँदा २०५९ को दफा ३ को उपदफा (१) को देहाय (झ) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधनसहित) को दफा ३ को उपदफा (१) को देहाय (छ) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना गरी सोही ऐनको दफा १७ बमोजिम मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।