अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री आफैँले राखे श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

प्रधानमन्त्री आफैँले राखे श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय


काठमाडौँ-श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय प्रधानमन्त्री बालेन शाह आफैँले राखेका छन्।

मन्त्री दीपककुमार साहलाई पदमुक्त गरेपछि राष्ट्रपति कार्यालयले बिहीबार दिउँसो विज्ञप्ति जारी गर्दै श्रम मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैले राखेको जनाएको हाे। प्रधानमन्त्रीले रक्षा, उद्योग मन्त्रालयको जिम्मेवारी पनि आफैँ हेर्दै आइरहेका छन्।

बाँकी मन्त्रीहरूको जिम्मेवारी भने प्रधानमन्त्री शाहले यथावत् राखेका छन्।  चैत १३ गते गठित मन्त्रिपरिषद् श्रम मन्त्री शाह पदमुक्त भएपछि अब १४ सदस्यीय भएको छ। 

राष्ट्रपति कार्यालयले मन्त्रिपरिषद्का सदस्यहरूको कार्य विभाजन हेरफेर सम्बन्धी विज्ञप्तिमा त्यो उल्लेख छ।