अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अब श्रम स्वीकृति सम्बन्धी भ्रामक सूचना टाँस्न नपाइने

अब श्रम स्वीकृति सम्बन्धी भ्रामक सूचना टाँस्न नपाइने


काठमाडौं -वैदेशिक रोजगार विभागले साइबर सेन्टर र तालिम केन्द्र (इन्स्टिच्युट) बाट श्रम स्वीकृति सम्बन्धी भ्रामक सूचना हटाउने निर्देशन दिएको छ। 

विभागले सूचना प्रकाशित गरी श्रम स्वीकृति सम्बन्धी भ्रामक सूचना चैत ३० गतेभित्र हटाउन निर्देशन दिएको हो।

विभागले ‘यहाँ श्रम गरिन्छ’, ‘श्रम स्वीकृतिसम्बन्धी कार्य गरिन्छ’, ‘श्रम अनलाइन फारम भरिन्छ’ वा अन्य ‘श्रम’ सम्बन्धी भ्रमपूर्ण सूचानाले वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई भ्रममा पार्ने गरेको भन्दै तत्काल हटाउन निर्देशन दिएको हो।

श्रम स्वीकृतिसम्बन्धी वैदेशिक रोजगार विभाग तथा तोकिएका श्रम तथा रोजगार कार्यालयबाट मात्र हुने व्यवस्था रहेको विभागले जनाएको छ। विभागले यस्ता काममा भ्रम सिर्जना गर्ने गरी हुने खालका लेखन तथा प्रचारप्रसार तत्काल बन्द गर्न भनेको छ। 

सूचनाको बर्खिलाफ गरेमा वैदेशिक रोजगार ऐन, २०६४ तथा अन्य प्रचलित कानुनबमोजिम कारबाही गरिने विभागले जनाएको छ।