काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको उपसभामुखको निर्वाचनमा श्रम संस्कृति पार्टीका उम्मेदवार रूबीकुमारी ठाकुर (धनुषा) लाई मतदान गर्ने निर्णय गरेको छ।
शुक्रबार बसेको संसदीय दलको बैठकले ठाकुरलाई मतदान गर्ने निर्णय पारित गरेको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए ।
उपसभामुखको निर्वाचन आज दिउँसो ४ बजे हुँदैछ। उपसभामुखमा श्रम संस्कृतिका ठाकुर र राप्रपाका सरस्वती लामाबिच प्रतिस्पर्धा हुँदैछ ।






प्रतिक्रिया