अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गौरीकुमारी यादव उद्योग र रामजी यादव श्रममन्त्री नियुक्त

गौरीकुमारी यादव उद्योग र रामजी यादव श्रममन्त्री नियुक्त


काठमाडौं-प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादव नियुक्त गरेका हुन् ।

नवनियुक्त दुवै मन्त्री रास्वपाका सांसद हुन्। नवनियुक्त मन्त्रीद्वयले आजै राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहबिच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ। शपथ ग्रहणलगत्तै उनीहरूले आ-आफ्नो मन्त्रालय पुगेर पदभार ग्रहण गर्ने छन्।

बिहीबार प्रधानमन्त्री शाहले दिपककुमार साहलाई श्रममन्त्रीबाट पदमुक्त गरेका थिए। त्यस ठाउँमा रामजी यादवलाई ल्याएका हुन्। 

त्यस्तै, यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय खाली रहेको थियो। त्यसमा गौरीकुमारी यादवलाई ल्याएका हुन्।