काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद विस्तार गरेका छन्। प्रधानमन्त्री बालेनले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।
प्रधानमन्त्री बालेनले श्रममन्त्रीमा रामजी यादव र उद्योग मन्त्रीमा गौरीकुमारी यादवलाई नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका छन्।
नवनियुक्त मन्त्रीहरूले आजै राष्ट्रपति भवन शीतल निवासमा शपथ लिने कार्यक्रम तय भएको छ। यद्यपि राष्ट्रपति कार्यालयले भने शपथ ग्रहणको समय तय भइनसकेको जानकारी दिएको छ।
यसअघि हिजोमात्रै श्रम मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका दिपक साहलाई प्रधानमन्त्री शाहले पदमुक्त गरेका थिए।
गौरीकुमारी महोत्तरी ४ र रामजी सप्तरी २ बाट फागुन २१ को प्रतिनिधिसभा निर्वाचन जितेका थिए।
प्रधानमन्त्री शाहले उद्योगमन्त्री सुरूदेखि नै आफैसँग राख्दै आएका थिए।






प्रतिक्रिया