काठमाडौँ-कतार सरकारले तीन जना नेपाली नागरिकलाई आममाफी दिएको छ। रमादानको अवसर पारेर उक्त आममाफी प्रदान गरिएको परराष्ट्र मन्त्रालयले जनाएको हो।
कतारका आमिर शेख तमिम विन हमाद अलथानीले सो आममाफी दिएको मन्त्रालयले पत्रकार सम्मेलनमार्फत जनाएको छ।परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल क्षेत्रीले ३ जनालाई कतारी आमिरले आममाफी दिएको बताए । कतारी महत्त्वपूर्ण पर्व रमदानको अवसरमा कतारी राजाले आममाफी दिएका हुन्।
आममाफी दिएपछि नेपालले कतारलाई धन्यवाद दिएको छ ।
लामो समयदेखिको नेपाल र कतारबीचको कुटनैतिक सम्बन्ध प्रगाढ रहेको बताउदै नेपालीले पाएको आममाफीबाट थप प्रगाढ रहने नेपालले विश्वास गरेको छ ।






प्रतिक्रिया