अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पत्रकार मञ्च दमकको अध्यक्षमा टिकाराम उप्रेती निर्वाचित

पत्रकार मञ्च दमकको अध्यक्षमा टिकाराम उप्रेती निर्वाचित


दमक- झापाको पश्चिम क्षेत्रको पत्रकारहरुको छाता संस्था पत्रकार मञ्च दमकको नवौ अधिवेशनले टिकाराम उप्रेतीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ ।
पत्रकार मञ्च दमकको सभाहलमा भएको संस्थाको १३ औं साधारण सभा तथा नवौ अधिवेशनले आज उप्रेतीलाई अध्यक्ष निर्विरोध निर्वाचत गरेको हो । मञ्चको कार्यसमितिको उपाध्यक्षमा दिनेश दंगाल ,सचिवमा चिरञ्जीवी घिमिरे,सहसचिवमा केदारबाबु पौडेल र कोषध्यक्षमा मिना विश्वकर्मालाई सर्वसम्मत चयन गरेको निर्वाचन समितिको प्रमुख राम योङहाङले जानकारी दिए ।
यसै गरी कार्यसमिति सदस्यहरुमा चन्द्रमान राई,पवन प्रसाद निरौला,निशेष राई, सजल राई र ज्ञानु केदेमलाई सर्वसम्मत चयन गरिएको निर्वाचन समितिले जनाएको छ । अधिवेशनको उद्घाटन सत्र दमक नगरपालिकाका प्रमुख राम थापाको प्रमुख आतिथ्यमा भएको थियो । नगर प्रमुख थापाले सत्य,तथ्यमा आधारित पत्रकारिता हुनु पर्नेमा जोड्दिनु भयो ।
निर्वतमान अध्यक्ष कमन देवानको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन कार्यक्रममा दमक ८का वडा अध्यक्ष तथा प्रवक्ता धर्म प्रसाद दाहाल(दिपेश),इलाका प्रहरी कार्यालय दमकका प्रमुख किशोर लम्साल,कार्यसमिति सदस्य पंकज दाहाल लगायतले मन्तब्य राख्नु भएको थियो ।

कुनैब्ेला झापाको पत्रकारिता विर्तामोड केन्द्रित भएका बेला दमकलाई कार्यथलो बनाएर पत्रकारहरुले यो संस्था स्थापना गरेका थिए । पश्चिम झापा,दक्षिण इलाम र पूर्वी मोरङका पत्रकारहरु समेत मञ्चमा आवद्ध थिए । त्यसबेला दमकबाट प्रकाशन हुने साप्ताहिक जनज्योतीका सम्पादक गञ्जबहादुर दाहालको नेतृत्वमा सुरु गरिएको मञ्च २०६६ साल असार ३ गते चेतन अधिकारीको अध्यक्षतामा जिल्ला प्रशासन कार्यलयमा दर्ता भएको हो ।