काठमाडौं- प्रतिनिधिसभा अन्तर्गतका १० विषयगत समिति गठन भएका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकले विषयगत समिति गठन गरेको हो।
सभामुख डीपी अर्यालले प्रतिनिधिसभा अन्तर्गतका १० वटा समितिमा रहने सांसदहरूको नामावली प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरेका थिए।
प्रतिनिधिसभा अन्तर्गतका १० समितिमा अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानुन, कृषि, पूर्वाधार विकास, महिला तथा सामाजिक मामिला, राज्यव्यवस्था तथा सुशासन, शिक्षा र सार्वजनिक लेखा समिति रहेका छन् ।
त्यस्तै, संसदीय सुनुवाइसहितका संयुक्त समितिलाई पनि प्रतिनिधिसभाले पूर्णता दिएको छ ।
संयुक्त समितिमा संसदीय सुनुवाई सिमित र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति रहेको छ।
कुन समितिमा को-को छन् त ? हेर्नुस पूरा सूची:






प्रतिक्रिया