अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शपथ ग्रहण समाराेह

उपसभामुख ठाकुरले लिइन् शपथ

उपसभामुख ठाकुरले लिइन् शपथ


काठमाडौं-नवनिर्वाचित प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुरले पद तथा गोपनीयताको शपथ लिएकी छिन्।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहकाबीच ठाकुरलाई सभामुख डोल प्रसाद अर्यालले शपथ ग्रहण गराएका हुन् ।

प्रतिनिधि सभामा आज भएको मतदानमा ठाकुरको पक्षमा २२९ मत परेको छ । विपक्षमा ५ मत परेको छ भने तटस्थमा २२ मत परेको छ । मतदानमा २५६ सांसद सहभागी भएका थिए । 

उपसभामुखका दुई प्रतिस्पर्धीमध्ये राप्रपाकी सरस्वती लामाको प्रस्ताव बहुमतले अस्वीकृत भएसँगै ठाकुर निर्वाचित भएकी हुन् । श्रम संस्कृतिकी ठाकुर जेनजी सांसद हुन् । उनी समानुपातिकर्फ निर्वाचित भएकी थिइन् । 

शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसाहय प्रसाद यादव, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, प्रधानमन्त्री बालेन्द्र शाह लगायत उच्च पदस्थको सहभागीता रहेको थियो ।