अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोसी, गण्डकी र कर्णाली प्रदेशका केही भूभागमा आज वर्षा हुने

कोसी, गण्डकी र कर्णाली प्रदेशका केही भूभागमा आज वर्षा हुने


काठमाडौं- देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा हल्का वर्षा, हिमपात र हावाहुरीको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशको पहाडी र हिमाली भूभागलगातय देशका हिमाली क्षेत्रमा साधारणतया बादल लाग्नेछ ।

पहाडी भूभागमा तथा कोसी प्रदेशको तराईमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भूभागमा मौसम सफा रहनेछ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा, बाँकी हिमाली भूभाग तथा कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

विभागले राति हिमाली भूभागमा साधारणतया बादल लाग्ने, पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने बताएको छ ।

कोसी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।
बाँकी हिमाली क्षेत्र र कोसी र गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले बताएको छ ।