काठमाडौं- उपराष्ट्रपति जे.डी. भान्सको नेतृत्वमा रहेको अमेरिकी प्रतिनिधिमण्डल इरानसँग वार्ताका लागि पाकिस्तानको राजधानी इस्लामाबाद आइपुगेको छ । पाकिस्तानी उड्डयन स्रोतहरूले बीबीसी उर्दूलाई बताएअनुसार जे.डी. भान्सको वायुसेना दुई विमान इस्लामाबादमा अवतरण गरेको हो ।
यो २१ वर्षमा अमेरिकी उपराष्ट्रपतिको पाकिस्तानको पहिलो भ्रमण हो । यसअघि तत्कालीन उपराष्ट्रपति डिक चेनीले २००५ मा पाकिस्तानको भ्रमण गरेका थिए । जे.डी. भान्ससँगै इस्लामाबादमा हुने वार्ताका लागि अमेरिकी राष्ट्रपतिका विशेष दूत स्टिभ विटकफ र राष्ट्रपतिका ज्वाइँ जेरेड कुशनर पनि छन्।
इरानी संसदका सभामुख मोहम्मद बाघेर गालिबाफको नेतृत्वमा रहेको इरानी प्रतिनिधिमण्डल पहिले नै इस्लामाबाद आइपुगेको छ ।
अमेरिका र इरानबीच शनिबार इस्लामाबादमा वार्ता हुने तय भएको छ, जसलाई पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफले स्थायी युद्धविरामतर्फ कठिन कदम भनेर वर्णन गरेका छन् ।
मोहम्मद बाघेर गालिबाफको नेतृत्वमा रहेको इरानी प्रतिनिधिमण्डल शुक्रबार राति पाकिस्तानको राजधानी इस्लामाबाद आइपुगेको हो । नूर खान विमानस्थलमा आइपुगेपछि इरानी प्रतिनिधिमण्डललाई पाकिस्तानका उपविदेशमन्त्री इशाक डार र फिल्ड मार्शल असिम मुनिरले स्वागत गरेका थिए ।
अमेरिका र इरानबीच अर्को चरणको वार्ता शुरू हुन लागेको छ, तर यो स्पष्ट छ कि दुई देशबीच विश्वासको कमी छ, किनकि गत वर्ष दुवै पक्षले दुई पटक वार्ता गरिसकेका छन् र प्रयास सफल हुनुभन्दा पहिले दुवै पटक युद्ध भएको थियो ।






प्रतिक्रिया