काठमाडौं – संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक बसिरहेको छ। सिंहदरबारमा अहिले बैठक जारी छ।
यो कार्यदलको संयोजक प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम साह रहेका छन्। बैठकमा यसअघि उठेका विषय र राजनीतिक दलको लिखित धारणा सङ्कलन गरेर आवश्यक छलफल भइरहेको बताइएको छ।
बैठकले संविधान संशोधनका मुद्दा पहिचान गर्ने तथा कार्यदलको आगामी कार्य योजना तयार गर्ने तयारी छ।
कार्यदलमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट अधिवक्ता मोहनलाल आचार्य, कांग्रेसको तर्फबाट मोहन आचार्य, एमालेतर्फबाट संविधान सभाका सदस्य एवं डा. भीष्मनाथ अधिकारी, नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट संविधान सभाका सदस्य एवं पूर्व कानुनमन्त्री देव गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट संसदीय दलका नेता ज्ञानेन्द्र शाही र राष्ट्रिय जनमोर्चाका तर्फबाट महासचिव मनोज भट्ट सदस्य छन् ।






प्रतिक्रिया