काठमाडौं- नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीमा रहेको पत्थरीको अपरेशन भोलि अर्थात् सोमबार हुने भएको
चिकित्सकहरुले शनिबार बेलुकीसम्मको रिपोर्टअनुसार सोमबार अपरेशन गर्नमा कुनै समस्या नरहेको बताएका हुन् । त्रिवि शिक्षण अस्पतालका निर्देशक डा.सुवास आचार्यका अनुसार अपरेशन गर्नुपूर्व गरिनुपर्ने सबै परीक्षण भइसकेको छ। चैत २८ गते शनिबार ती सबै परीक्षणको रिपोर्ट सकारात्मक भएका कारण अध्यक्ष ओलीको उपचारमा संलग्न चिकित्सकहरुले सोमबार नै अपरेशन गर्न सकिने बताएको निर्देशक डा. आचार्यले जानकारी दिए ।
स्वास्थ्यमा समस्या आएका कारण अध्यक्ष ओली केही दिनदेखि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो।
तीन पटक मिर्गौला प्रत्यारोपण गरेका ओलीको पित्त थैलीमा पत्थरी देखिएको थियो । पित्त थैलीमा कोलेस्ट्रोल र बिलिरुबिन जम्मा भएर बन्ने ठोस पदार्थलाई गलब्लाडर स्टोन, अर्थात् पत्थरी भनिन्छ ।








प्रतिक्रिया