अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पिर्के सलामी नलिने गृहमन्त्री सुधनकाे निर्णय

पिर्के सलामी नलिने गृहमन्त्री सुधनकाे निर्णय


काठमाडौ-गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। चैत २९ गते आइतबार नवलपुरमा सशस्त्र प्रहरी बलको कार्यालय पुगेर गृहमन्त्री गुरुङले उक्त निर्णय गरेका हुन्। 

गृहमन्त्री गुरूङ शनिबारदेखि अवलोकन भ्रमणमा छन्। त्यसक्रममा आज उनी नवलपुरस्थित सशस्त्र प्रहरी बलको कार्यालय पुगेका थिए। त्यहाँ उनले पिर्के सलामी नलिने बताएका हुन्।

संघीय सरकारका मन्त्रीदेखि स्थानीय तहका प्रमुखहरूसम्मले पिर्के सलामी लिन थालेको भन्दै सार्वजनिक वृत्तबाट आलोचना भइरहेको थियो। गृहमन्त्रीले यो कार्यशैली सुधारेका हुन्।

आजै गृहमन्त्री गुरूङलाई दूषित पानीको कारण नवलपुर क्षेत्रमा गैंडाहरू धमाधम मृत भेटिएको भन्दै स्थानीयहरूले ध्यानाकर्षण गराएका थिए। नवलपुरका सांसद राजन गौतम सहितको टिमले गृहमन्त्री गुरुङलाई ज्ञापनपत्र समेत बुझाएका हुन्।

विभिन्न उद्योगबाट आएको दूषित फोहोर पानी खोलामा मिसिएको र उक्त पानी खाँदा  कैयौँ वन्यजन्तुहरू मृत भेटिएको स्थानहरूको गुनासो थियो।

गृहमन्त्री गुरुङलाई सशस्त्रका डिएसपी लक्ष्मण बरालले स्वागत गरेका थिए । नवलपुरका सहायक सिडिओ चिरञ्जीवी  राना, एसपी युवराज खडका, अनुसन्धानका एसपी अभिनय कुमार सिंह लगायत सहभागी थिए।