काठमाडौं–प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को आलोचना गरेको भन्दै पक्राउ परेका युट्युबर रोशन पोखरेललाई प्रहरीले छाडेको छ।
प्रधानमन्त्रीलाई गालीगलाैज गरेको भन्दै पाँचथरकाे फाल्गुनन्द गाउँपालिकाबाट पोखरेललाई प्रहरीले पक्राउ गरेकाे थियो।
जिल्ला अदालत पाँचथरबाट १० दिन म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढाइएको थियो । तर, गाली गरेकै भरमा उनलाई पक्राउ गरिएपछि धेरैले आलोचना गरेका थिए।
सरकारविरुद्ध आवाज चर्किँदै गएपछि पोखरेललाई छाडिएको हो। प्रहरीका अनुसार उनलाई हजुरआमाको जिम्मा लगाएर छाडिएको छ।








प्रतिक्रिया