अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

परराष्ट्रमन्त्री शिशिर खनालको सम्पत्तिः ४ ठाउँमा जग्गा, ७५ लाख ऋण

परराष्ट्रमन्त्री शिशिर खनालको सम्पत्तिः ४ ठाउँमा जग्गा, ७५ लाख ऋण


काठमाडौँ-सरकारले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ। आज प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार परराष्ट्रमन्त्री शिशिर खनालको काठमाडौँ महानगरपालिका–१० स्थित टोखामा ६ आना क्षेत्रफलमा बनेको एक घर रहेको छ। जग्गाजमिनतर्फ उनको पुर्ख्यौली तथा स्वआर्जित सम्पत्ति तीन जिल्लामा फैलिएको छ। तनहुँको भानुमा १५ रोपनी पुर्ख्यौली जग्गा, नवलपरासी पूर्वको देवचुलीमा १२ रोपनी र बाँकेको नेपालगन्जमा २ कठ्ठा जग्गा रहेको उल्लेख गरिएको छ।

नगद तथा जिन्सी सम्पत्तिमा उनीसँग २२ तोला सुन र २५ तोला चाँदी रहेको छ भने १० लाख रुपैयाँ नगद मौज्दात रहेको विवरणमा उल्लेख छ। 

उनको एनएमबी बैंकमा ३ लाख २० हजार ५४७, नविल बैंकमा २ लाख १ हजार ४०५, राष्ट्रिय वाणिज्य बैंकमा २ लाख ६८ हजार १४१, एनआइसी एसिया बैंकमा ४ लाख ५१ हजार २९० र ग्लोबल आइएमइ बैंकमा १७ हजार ४७७ मौज्दात रहेको छ ।