अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महिलामन्त्री सीता वादीको सम्पत्ति: २० वटा कुखुरा र एउटा कुकुर

महिलामन्त्री सीता वादीको सम्पत्ति: २० वटा कुखुरा र एउटा कुकुर


काठमाडौं-प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ। आइतबार साँझ प्रधानमन्त्री बालेन्द्र शाहसहित सबै मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सिता बादीले विवाहमा प्राप्त भएको १८ तोला सुन भएको सम्पत्ति विवरण बुझाएकी छन्। यसैगरी २० वटा कुखुरा र एउटा कुकुर रहेको पाइएको छ।

चाँदी १५ तोला र ५० हजार नगद रहेको उल्लेख गरेकी छन्।

मन्त्री वादीले आफूसँग एउटा स्कुटर, तीन वटा ल्याप्टप र २ वटा मोबाइल पनि रहेको सम्पत्ति विवरणमा उल्लेख गरेकी छन्।

उनको श्रीमान्‍सँग पल्सर मोटरसाइकल रहेको उल्लेख छ।

नगद ५० हजार रुपैयाँ र बैंककमा उनी र श्रीमान्‍को नाममा १५ लाख रुपैयाँ रहेको उल्लेख छ ।

मन्त्री वादीसँग सुन १८ तोला र चाँदी १५ तोला रहेको छ । उक्त सुन-चाँदी विवाहमा प्राप्त भएको सम्पत्ति विवरणमा उल्लेख छ ।

मन्त्री वादीको नाममा सुर्खेतमा ८९.६५ वर्ग मिटर क्षेत्रफलको जग्गा रहेको छ ।