काठमाडौं-नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ । हाल कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ । बाँकी हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ र तराई भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार, सोमबार दिउँसो देशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने, पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी प्रदेशको पहाडी र हिमाली भूभागलगायत वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षार हिमपातको सम्भावना छ ।
राति, देशका हिमाली भूभागमा आंशिक बादल लाग्ने र पहाड र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले बताएको छ ।








प्रतिक्रिया