अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

होर्मुज जलमार्गमा अमेरिकाको नाकाबन्दी : तेलको मूल्यमा भारी वृद्धि

काठमाडौं- इरान र अमेरिकाबिच पाकिस्तानको इस्लामाबादमा भएको शान्ति वार्ता असफल भएपछि तनाव चरम उत्कर्षमा पुगेको छ।

वार्ता निष्कर्षविना टुंगिएलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक रूपमा महत्त्वपूर्ण होर्मुज जलमार्गमा नौसेनामार्फत नाकाबन्दी गर्ने घोषणा गरेका छन्।

हिजो सामाजिक सञ्जालमा शृङ्खलाबद्ध पोस्ट गर्दै ट्रम्पले इरानलाई शुल्क (टोल) तिर्ने कुनै पनि जहाजलाई अन्तर्राष्ट्रिय जलक्षेत्रबाट जान प्रतिबन्ध लगाइने बताए। सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘अवैध कर तिर्ने कोही पनि समुद्रमा सुरक्षित बाटो पाउने छैनन्। हामी इरानीहरूले जलमार्गमा बिछ्याएका खानी पनि नष्ट गर्न थाल्नेछौँ। हामीमाथि वा शान्तिपूर्ण जहाजहरूमा गोली चलाउने कुनै पनि इरानीलाई नर्कमा पुर्‍याइनेछ ।’

अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) का अनुसार आज देखि इरानी बन्दरगाहहरूमा हुने सबै समुद्री आउजाउमा नाकाबन्दी लागू हुनेछ। सेन्टकमले भनेको छ, ‘अरबी खाडी र ओमानको खाडीका सबै इरानी बन्दरगाह र तटीय क्षेत्रमा प्रवेश गर्ने वा निस्कने सबै देशका जहाजहरू विरुद्ध नाकाबन्दी निष्पक्ष रूपमा लागू गरिनेछ।’

यद्यपि, गैरइरानी बन्दरगाहमा जाने जहाजहरूलाई भने बाधा नपुर्‍याइने दाबी गरिएको छ।

अमेरिकाको यो घोषणासँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा उछाल आएको छ। अमेरिकी कच्चा तेलको मूल्य ८ प्रतिशतले बढेर प्रति ब्यारेल १०४.२४ डलर पुगेको छ भने ब्रेन्ट क्रुडको मूल्य ७ प्रतिशतले बढेर १०२.२९ डलर पुगेको छ। ट्रम्पले यो कदमले इरानको आर्थिक शक्ति कमजोर बनाउने दाबी गरेका छन्। इरानले यसअघि चीनसहित आफ्ना सहयोगी देशका जहाज जान दिइरहेको थियो। तर अब ट्रम्पले लिएको कदमका कारण चीन, भारतसहितका देशमाथि थप दबाब पर्ने देखिएको छ।

इरानले अमेरिकी धम्कीलाई हास्यास्पद भन्दै खारेज गरेको छ। इरानी नौसेना प्रमुख एडमिरल शाहराम इरानीले अमेरिकी सैन्य गतिविधिमाथि आफ्नो कडा निगरानी रहेको बताए। यस्तै, इरानको रिभोलुसनरी गार्डले होर्मुज जलमार्ग आफ्नो पूर्ण नियन्त्रणमा रहेको दाबी गर्दै कुनै पनि विदेशी सैन्य जहाजले जलमार्गमा आउने प्रयास गरे त्यसलाई युद्धविरामको उल्लङ्घन मान्दै कडा जवाफ दिने चेतावनी दिएको छ।

इरानी राष्ट्रपति मसूद पेजेश्कियानले भनेका छन्, ‘यदि अमेरिकी सरकारले आफ्नो तानाशाही मनोवृत्ति त्यागेर इरानको अधिकारको सम्मान गर्छ भने सम्झौताको बाटो अवश्य भेटिनेछ।’

दुई हप्ताको अस्थायी युद्धविरामका बिच भएको वार्तामा दुवै पक्ष होर्मुज जलमार्ग खोल्ने र आणविक कार्यक्रमको मुद्दामा अडिग रहेका कारण कुनै सहमति हुन सकेन। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानले आणविक हतियार विकास नगर्ने पूर्ण विश्वास दिलाउनुपर्ने सर्त राखेका थिए। उता इरानी विदेशमन्त्री अब्बास अरघचीले सम्झौताको नजिक पुगेका बेला अमेरिकाले अन्तिम समयमा कडा माग र सर्तहरू थपेका कारण वार्ता बिग्रेको आरोप लगाएका छन्।

हाल यो क्षेत्रमा तनाव बढ्दा लगानीकर्ताहरू सुरक्षित लगानीको खोजीमा छन्, जसका कारण एसिया(प्रशान्त क्षेत्रमा अमेरिकी डलरको मूल्य अन्य मुद्राको तुलनामा बलियो देखिएको छ।
एजेन्सी

हाल यो क्षेत्रमा तनाव बढ्दा लगानीकर्ताहरू सुरक्षित लगानीको खोजीमा छन्, जसका कारण एसिया प्रशान्त क्षेत्रमा अमेरिकी डलरको मूल्य अन्य मुद्राको तुलनामा बलियो देखिएको छ।
-एजेन्सी