काठमाडौं-पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीको शल्यक्रिया आज हुँदैछ।
उपचारमा संलग्न चिकित्सकहरुले यसअघि नै शल्यक्रियाको मिति आजलाई तोकेका थिए। पूर्वतयारी अनुसार नै अध्यक्ष ओलीलाई अपरेसन थिएटरमा लगिएको छ।
त्रिवि शिक्षण अस्पतालका निर्देशक प्राध्यापक डा. सुवास आचार्यका अनुसार शुक्रबारसम्म गरिएका स्वास्थ्य परीक्षणहरू सन्तोषजन रहेकाेले सोमबार शल्यक्रिया प्रक्रिया अघि बढाइएको हाे।
डा. पलेस्वाँ जोशी लाखे नेतृत्वको टोलीले अध्यक्ष ओलीको शल्याक्रिया गरेर पित्तथैलीमा रहेको पत्थरी निकाल्ने छ। अध्यक्ष ओलीको पित्तथैलीमा २२ एमएमको ढुंगा रहेको छ।








प्रतिक्रिया