श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले सरकारमा रहेका प्रधानमन्त्रीदेखि सबै मन्त्रीहरुको सार्वजनिक भएको सम्पत्तिको स्रोत पनि खुलाउन माग गरेका छन्। सांसद साम्पाङले सरकारमा रहेका मन्त्रीहरुको सम्पत्ति विवरण आए पनि त्यो कसरी आर्जन गरियो भन्ने कुरा प्रष्ट नभएको बताएका हुन्।
सामाजिक सञ्जालमा लेख्दै साम्पाङले स्रोतबिनाको सम्पत्ति घुमाइफिराइ भ्रष्टाचार भन्ने बुझिने बताएका हुन्। ‘सरकारमा रहेका सबैको सम्पत्ति यति उति भन्ने आयो ! अब त्यस्को स्रोत पनि खुलाइदिए राम्रो ! स्रोतबिनाको सम्पत्ति त फेरि घुमाइफिराइ भ्रष्टाचार गरेको भन्ने नै बुझिन्छ ! स्रोत प्रष्टाइदिनु पर्छ ! जय देश !’ साम्पाङले फेसबुकमा लेखेका छन् ।
सरकारले प्रधानमन्त्री वालेन्द्र शाहसहित सम्पूर्ण मन्त्रीहरूको सम्पत्ति विवरण आइतबार सार्वजनिक गरेको छ।








प्रतिक्रिया