काठमाडौं-समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय र व्यवसाय सञ्चालन गरेर भाडा नतिर्नेमाथि कारबाही सुरु गरेको छ।
परिषद्ले लामो समयदेखि भाडा बक्यौता बाँकी रहेका रिपोटर्स क्लवदेखि अन्य कार्यालय र व्यवसाय सञ्चालन गरेका संरचनामा ताला लगाएको हो।
भाडा बक्यौता बुझाउनका लागि पटक पटक सूचना जारी गर्दा समेत भाडा तिर्न अटेर गरेकाले ताला लगाइएको परिषद्ले जनाएको छ।
परिषद्ले रिपोटर्स क्लव, काठमाडौं पुस्तकालय, फोटो पत्रकार महासंघ, अपाङ्ग महासंघ लगायत २० वटा संरचनामा ताला लगाइएको परिषद्का सदस्य सचिव सरोज कुमार शर्माले जानकारी दिए । हाल १० करोड भन्दा बढि भाडा उठ्न बाँकी रहेको भन्दै उनले बताए।
सदस्यसचिव शर्माले अब भृकुटीमण्डपभित्र रहेका संरचनालाई व्यवस्थित गरिने समेत जानकारी दिए। परिषद्ले ताला लगाइएका कार्यालयलाई सात दिनभित्र बक्यौता बुझाउन निर्देशन दिएको छ।












प्रतिक्रिया