अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

भिजिट आएर काम नगर्न यूएईस्थित नेपाली दूतावासको आग्रह

भिजिट आएर काम नगर्न यूएईस्थित नेपाली दूतावासको आग्रह


काठमाडौं- भिजिट भिसामा आएर रोजगारीका लागि नबस्न यूएईस्थित नेपाली दूतावासले नेपालीलाई आग्रह गरेको छ ।

वैदेशिक रोजगार ऐन २०६४ र वैदेशिक रोजगार नियमावली २०६४ ले श्रम स्वीकृति लिएर मात्रै वैदेशिक रोजगारीमा जान पाउने व्यवस्था गरेको छ ।

सोहीअनुसार श्रम स्वीकृति लिएर आउन दूतावासले सम्बन्धित सबैलाई सूचनामार्फत जानकारी गराएको हो । भिजिट भिसामा यूएई आएर काम गर्नु कानुनविपरीत हुने दूतावासले जनाएको छ ।

भिजिट भिसामा आएर काम गर्ने क्रममा अलपत्र परेको वा समस्यामा परेको खण्डमा म्यानपावर कम्पनी, सरकारी निकाय पनि जिम्मेवार नहुने भएकाले काम गर्ने उद्देश्य हो भने श्रम स्वीकृति लिएर आउन दूतावासको आग्रह छ ।

यस्तै, भिजिट भिसामा आउँदा ठगीमा पर्ने, भिजिट भिसामा बोलाउनेले नै अलपत्र पारिदिने र मानव तस्करको जालोमा पर्ने जोखिम हुन सक्नेमा दूतावासले सचेत गराएको छ ।