अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रधानमन्त्री ओलीले आज सुनकोशी मरिन डाइभर्सनको शिलान्यास गर्ने

प्रधानमन्त्री ओलीले आज सुनकोशी मरिन डाइभर्सनको शिलान्यास गर्ने


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज सुनकोशी मरिन डाइर्भसन बहुद्देश्यीय आयोजनाको शिलान्यास गर्दैहुनुहुन्छ । सिन्धुली रामेछाप जिल्लाको सिमानामा पर्ने सुनकोशी नदीमा निर्माण गरिन लागेको डाइभर्सनको आज उदघाटन गरिने भएको हो ।

प्रधानमन्त्रीका विकाश विज्ञ गजेन्द्र थपलीयका अनुसार यो डाइभर्सनले धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लाको १ लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिंचाइ गर्न सकिने छ ।

‘सुनकोशी नदीको पानीलाई १३.३ किलोमिटर लामो सुरुङ बनाइ टिबिएम प्रयोग गरी मरिन नदीको किनारमा ३१ मेगावाट विद्युत पनि उत्पादन गर्न गरिनेछ,’ थपलियाले भन्नुभयो ‘यो तराईलाई नयाँ जीन दिने राष्ट्रिय गौरवको योजना हो ।’