अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठक आज बस्दै, के छ सम्भावित कार्यसूची ?

पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठक आज बस्दै, के छ सम्भावित कार्यसूची ?


काठमाडौं– पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठक आइतबार बस्दै छ।

सर्वोच्च अदालतले गत फागुन ११ गते संसद् पुनर्स्थापना गरेपछि अपराह्न ४ बजे सातौं अधिवेशन सुरु हुन लागेको हो ।

संसद् सचिवालयले सम्भावित कार्यक्रम सार्वजनिक गरेको छ । बैठकको सुरुवातमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउनु हुने भएको छ । यसैगरी राष्ट्रपति कार्यालयबाटै प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पनि पढेर सुनाइनेछ।

अनि सभामुखको अनुमतिमा सभाको अध्यक्षता गर्ने सदस्य मनोनयन गरिनेछ।

पहिलो दिनमा नै प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले विभिन्न अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची छ।

यसबीच वर्तमान तथा पूर्वसांसदको निधनप्रति शोक प्रस्ताव पनि पेस गर्ने कार्यक्रम छ।

अन्तिम कार्यसूची तयार गर्न भने कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने प्रचलन छ ।