अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

विरोधका लागि विरोध गर्नेहरूले विकासका काम रोके : प्रधानमन्त्री ओली

विरोधका लागि विरोध गर्नेहरूले विकासका काम रोके : प्रधानमन्त्री ओली


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विरोधका लागि विरोध गर्नेहरूले विकास निर्माणका काम रोकेको बताउनु भएको छ । प्रादेशिक एवम् स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले देश र जनताभन्दा आफ्नो स्वार्थमा हिरिक्क हुने प्रवृत्ति बढेकाले विगतमा विकास निर्माणले तीव्रता नपाएको बताउनुभएको हो ।

यद्यपि वर्तमान सरकारले भने विभिन्न चुनौतीका बाबजुद पनि विकास निर्माणका कामलाई उच्च प्राथमिकता दिएको उहाँले बताउनुभयो ।

‘हाम्रो देश विकासित नहुने देश होइन, ५ वर्षभित्र हामीले लगभग दिगो विकासका लक्ष्य पूरा गर्न सक्छौँ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामीसँग धेरै सम्भावना छ, देशलाई सामाजिक र भौतिक विकासको उचाइलाई माथि उठाएका छौँ, चेतनाको विकास गरेपछि मात्रै चौतर्फी विकास गर्न सकिन्छ ।’

उहाँले वर्तमान सरकारले सडक निर्माणका सम्बन्धमा महत्वपूर्ण काम गरेको दाबी गर्नुभयो । पछिल्ला तीन वर्षको अवधिमा दुई लेन, चार लेन, ६ लेनका सडक निर्माण गर्ने कामलाई तिव्रता दिइएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

‘विकासको गतिलाई अत्यन्त्र तिव्रताका साथ अघि बढाएका छौं । अहिले मन्त्रालयहरू काममा जुटेका छन्, कामलाई तीव्रता दिएका छन्। यो कार्यक्रम अघि बढेपछि अझ तीव्रता ल्याउने छ,’ प्रधानमन्त्री ओलीलले भन्नुभयो, ‘नेपालको अवस्थामा मानीसलाई विश्वास गर्न गाह्रो हुने गरी निर्माण गर्छौँ ।’