अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

माओवादीको केन्द्रीय कमिटी बैठक स्थगित

माओवादीको केन्द्रीय कमिटी बैठक स्थगित


काठमाडौं- नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित गरिएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको हो ।

पार्टी मुख्यालय पेरिसडाँडामा सोमबार बसेको बैठकले सो निर्णय गरेको हो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठकाअनुसार आजको बैठकमा केन्द्रीय कमिटीका सदस्यहरूले आफ्ना धारणा राख्नुभयो । बैठकमा २० जनाले धारणा राख्नुभएको उहाँले बताउनुभयो । केही दिनपछि पुनः बैठक सुचारु गरिने उहाँले जानकारी दिनुभयो ।

बैठकमा जनार्दन शर्मा, पम्फा भुषाल, वर्षमान पुन, शक्ति बस्नेत, हेमराज भण्डारी, पुष्पविक्रम मल्ल, परशुराम रम्तेल, जयपुरी घर्ती, पर्शुराम तामाङ, धर्मदत्त देवकोटा, डिलाराम आचार्य, रामचन्द्र झा, ओम शर्मा, कुमार पुन लगायतले आजको बैठकमा धारणा राख्नुभएको उहाँले बताउनुभयो ।

बैठकलाई निस्कर्षमा पुर्‍याउन राजनीतिक दलसँगको वार्तालाई पनि निरन्तरता दिनुपर्ने भएकाले तत्कालका लागि केन्द्रीय कमिटी बैठक स्थगित गरिएको उहाँले बताउनुभयो ।