अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रधानमन्त्री एमालेको नयाँ कार्यालय भवन हेर्न जाने

प्रधानमन्त्री एमालेको नयाँ कार्यालय भवन हेर्न जाने


काठमाडौं– प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज प्रस्तावित नयाँ कार्यालय भवनको निरीक्षण गर्नुहुने भएको छ ।

एमाले केन्द्रीय कार्यलयका सचिव ईश्वरी रिजालका अनुसार दिउँसो प्रधानमन्त्री ओलीले भवनको अवस्था, कोठाहरुको अवस्था आदिको बारेमा जानकारी लिनुहुनेछ । ‘प्रधानमन्त्रीले निरीक्षण गरेपछि घरवालासँग सम्भवत आजै पार्टी कार्यलयका लागि सम्झौता हुन्छ,’ एमाले स्रोतले जानकारी दिएको छ ।

२०७२ सालदेखि धुम्बाराहीमा रहेको पासाङ ल्याहामु भवनमा सञ्चालन भएको कार्यालय केही दिन भित्रै माइतीघर हाइटस्थित एक घरमा स्थानान्तरण हुँदैछ । भवनमा १८ वटा कोठा छन् ।

सोही घरमा नेपाली यूवा वैज्ञानिकहरुले आयोजना गरेको एउटा कार्यक्रममा पनि प्रधानमन्त्री ओली सहभागी हुने कार्यक्रम छ ।