अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

कोरोना संक्रमण जोखिमले प्रधानमन्त्री सहभागी हुने कार्यक्रम स्थगित

कोरोना संक्रमण जोखिमले प्रधानमन्त्री सहभागी हुने कार्यक्रम स्थगित


विराटनगर– सत्तारुढ नेकपा एमालेले विराटनगरमा शुक्रबार हुने अगुवा कार्यकर्ता भेला स्थगित गरेको छ।

भारतमा कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिरहेका बेला विराटनगरमा हुने अगुवा कार्यकर्ता भेला स्थगित गरिएको प्रदेश १ कमिटी सचिव विनोद ढकालले जानकारी दिनुभयो । भेलाको प्रमुख अतिथि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली हुनुहुन्थ्यो ।

कोभिडको सम्भावित दोस्रो लहरको जोखिमलाई ख्याल गर्दै भेला रोकिएको ढकालले बताउनुभयो ।