अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

समानान्तर गतिविधि रोकेन खनाल-नेपाल समूहले, केन्द्रीय समिति बैठक बोलाइयो

समानान्तर गतिविधि रोकेन खनाल-नेपाल समूहले, केन्द्रीय समिति बैठक बोलाइयो


काठमाडौं– नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल समूहले समानान्तर गतिविधिलाई निरन्तरता दिएको छ ।

पार्टी निर्णयलाई चुनौती दिँदै खनाल(नेपाल समूहले केन्द्रीय समिति बैठक बोलाएको छ। शुक्रबार काठमाडौँमा बैठक बोलाइएको नेता सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो।

माधव नेपालसहितका चार नेतालाई स्पष्टीकरण सोधेको विषयमा छलफल हुने पाण्डेले बताउनुभयो ।

पार्टी र संसदीय दलको विधानविपरीत कार्य गरेको भन्दै एमालेले वरिष्ठ नेता नेपालसहित ४ जनालाई स्पष्टीकरण सोधेको छ ।