अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन

कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन


काठमाडौं- नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ । काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत् जोशीको शुक्रबार साँझ निधन भएको उहाँका भाउजू शोभा जोशीले जानकारी दिनुभयो ।

‘उहाँको मृत्यु भएको अस्पतालले हामीलाई जानकारी दिएको छ,’ शोभा जोशीले भन्नुभयो, ‘हामी सबै परिवार अहिले नर्भिक अस्पतालमा जम्मा भएका छौं।’

जोशीलाई फागुन १३ गते राति मस्तिष्काघात भएपछि अस्पताल भर्ना गरिएको थियो।

पहिलो संविधान सभा र दोस्रो संविधान सभाको निर्वाचनमा काठमाडौंबाट निर्वाचित जोशी उद्योगमन्त्री बन्नुभएको थियो ।