अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

‘लुम्बिनीमा सरकार ढाल्न कांग्रेसले तत्काल कुनै प्रयास गर्दैन’

‘लुम्बिनीमा सरकार ढाल्न कांग्रेसले तत्काल कुनै प्रयास गर्दैन’


काठमाडौं- लुम्बिनी प्रदेशमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मुख्यमन्त्री शंकर पोखरेलको सरकार ढाल्न कुनै हर्कत नगर्ने भएको छ ।

लुम्बिनी प्रदेश कांग्रेसका प्रमुख सचेतक फकारुदीन खानले कांग्रेसले सरकार ढाल्ने कुनै पनि गतिविधि अहिले नगर्ने बताउनुभयो ।

आईएनए न्युज एजेन्सीसँग कुरा गर्दै खानले भन्नुभयो, ‘अहिले हामी वेट एण्ड वाचको अवस्थामा छौँ ।’

लुम्बिनी प्रदेशको पछिल्लो राजनीतिक घटनाक्रमबारे उहाँले भन्नुभयो, ‘सरकार ढाल्ने पहलमा माओवादी वा जनता समाजवादी पार्टी सक्रिय हुनुपर्ने हो तर उहाँहरूले कुनै कदम उठाउनुभएको देखिँदैन ।’

माओवादी या जसपाले अविश्वासको प्रस्ताव ल्याएपछि मात्र कांग्रेसले निर्णय दिने उहाँले बताउनुभयो ।

जसपा र माओवादीसँग निरन्तर बैठक गरिरहेको तर त्यो बैठक सरकार विरोधी गठबन्धन बनाउनलाई नभएको खानले दावी गर्नुभयो ।

लुम्बिनी प्रदेश सभामा अहिले ८५ सांसद छन् । बहुमतका लागि ४३ सांसद चाहिन्छ । सभामुखबाहेक माओवादीसँग १७ सांसद छन् ।

कांग्रेसका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एकसहित ४३ सांसद जुटाए मात्र एमालेको विकल्पमा प्रदेशसभाबाट सरकार गठन हुन सक्छ ।