अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

आत्मालोचना गरेर पार्टीमा फर्किन माधवलाई प्रधानमन्त्री ओलीको आग्रह

आत्मालोचना गरेर पार्टीमा फर्किन माधवलाई प्रधानमन्त्री ओलीको आग्रह


काठमाडौं- प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललाई आत्मालोचना गरेर पार्टीमा फर्किन आग्रह गर्नु भएको छ ।

नेपाल उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

‘अहिले पनि पार्टीबाट निष्कासन गरेका छैनौँ । आत्मालोचना गरेर फर्किनुस्, पार्टीमा विना भेदभाव काम गर्न दिन्छौँ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘माधव नेपालजी आएर काम गर्नुहुन्छ भने अहिलेसम्म गरेका अपराधपूर्ण कामको आत्मालोचना गर्नुस् ।’

गुटबन्दी गरेर आउनेलाई भने पार्टीमा कुनै स्थान नरहेको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रचण्ड महन्थ ठाकुर, शेरबहादुर देउवालगायत नेताहरूलाई प्रधानमन्त्री बन्न धोका ढकढकाई हिँडेकोसमेत बताउनुभयो ।

उहाँले प्रचण्डको योजना कम्युनिष्ट आन्दोलन अन्त्य गर्ने रहेको बताए । उहाँले प्रचण्डलाई सरकारलाई दिएको समर्थन फिर्ता लिन पनि चुनौती दिनुभयो । ‘तिम्रो समर्थन चाहिदैन । लैजाऊ, मसँग बहुमत छ,’ प्रधानमन्त्री ओलीलले भन्नुभयो ।