अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

तन एमालेमा, मन प्रचण्डमा नगर्न नेता नेपाललाई बाँस्कोटाको सुझाव

तन एमालेमा, मन प्रचण्डमा नगर्न नेता नेपाललाई बाँस्कोटाको सुझाव


काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री गोकुल बाँस्कोटाले माधव नेपालाई तन एमालेतिर मन प्रचण्डतिर नगर्न सुझाव दिनुभएको छ ।

आज विहान एक ट्विट गर्दै नेता बाँस्कोटाले आधा शताव्दी देखि सिद्धान्तको राजनीति गरेको दाबी गरे पनि नेपालले अहिले अदालत धाइ हेर्दा संसय उत्पन्न भएको बाँस्कोटाको उल्लेख गर्नुभएको छ ।

‘आधा शताव्दीदेखि सिद्धान्तको राजनीति गर्दै आएको हुँ भने पनि आजभोलि अदालत धाएको हेर्दा कानुनका नौं सिङ वाला पो लाग्यो,’ बाँस्कोटाले लेख्नुभएको छ, ‘कुन्ती मोक्तान कै धरान धनकुटा भो उनको राजनीति ।’

बाँस्कोटाले नेपाललाई रामबहादुर थापा बादलको राजनीति लाइन लिन पनि सुझाव दिनुभएको छ । ‘राजनीतिमा रामबहादुरको बाटो सही । कठिन छ तन एमालेतिर मन प्रचण्डतिर भएको वर्तमान परिप्रेक्ष्यमा । ’