अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

कारमा भेटिएका मृत बालकको पहिचान खुल्यो, बालकहरु वैशाख १६ गतेदेखि हराएका थिए

कारमा भेटिएका मृत बालकको पहिचान खुल्यो, बालकहरु वैशाख १६ गतेदेखि हराएका थिए


दाङ– तुलसीपुरको स्याउली बजारमा पार्किङ गरिएको कारभित्र भेटिएका तीन जना बालकको शवको पहिचान भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी शिवबहादुर सिंहका अनुसार मृतक तुलसीपुर उपमहानगरपालिका–६ गाइडर बस्ने भीमबहादुर परियारका १० वर्षीय छोरा सन्देश, सन्तोष परियारका ७ वर्षीय छोरा सुवर्ण र किरण परियारका ७ वर्षीय छोरा करण हुन् ।

तुलसीपुर उपमहानगरपालिका(६ मा रहेको स्याउली बजारमा पार्किङ गरिएको इण्डियन नम्बर प्लेटको जे ०१६६०८८५ नम्बरको निशानको कारभित्र तीन शव फेला परेको थियो ।

२०७६ चैतमा तुलसीपुर–६ का ३३ वर्षीय यादव गैरेले ल्याएको र गत माघ १ गतेदेखि सो स्थानमा पार्किङ गरी राखिएको थियो । प्रहरीले भने गैरे र उनका चालक पदम बस्नेतलाई पक्राउ गरेको छ ।

तीनैजना बालक बैशाख १६ गते अपरान्हदेखि हराएको भन्दै १७ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा अभिभावकको निवेदन परेको थियो । १८ गते बेलुकी अचानक गाडीको लाइट बलेपछि स्थानीय वासिन्दा नजिकै गएर हेर्दा लक गरिएको गाडिभित्र शव भेट्टाएका थिए ।