अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

पूर्वसचिव बस्न्यातलाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

पूर्वसचिव बस्न्यातलाई धरौटीमा छाड्न सर्वोच्चको आदेश


काठमाडौं- पूर्वसचिव दीप बस्न्यातलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मुछिएका उहाँलाई अदालतले आज धरौटीमा छाड्न आदेश दिएको हो ।

बस्न्यातले दिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले धरौट वा जमानत दिए लिई तारेखमा छाड्न आदेश दिएको हो ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा गरेको घटनामा संलग्नको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा तत्कालिन भौतिक पूर्वाधार मन्त्रालयका सचिव बस्न्यातलाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

तर, बस्न्यातले आफ्नो उमेर ६९ वर्ष पुगेको, मुटुको बिरामी रहेको र कोरोना संक्रमण पनि भएकाले मानवीय दृष्टिले थुनामुक्त गर्न आदेश माग गर्दै बन्दीप्रत्यक्षीकरण रिट दायर गर्नु भएको थियो ।

सर्वोच्च अदालतको आदेश