अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

गोरखामा ३० भन्दा बढी भेडालाई पहिराले बगायो

गोरखामा ३० भन्दा बढी भेडालाई पहिराले बगायो


गोरखा- गोरखाको धार्चे गाउँपालिका-१, हुलचुकमा चराउँदै गरेका ३० भन्दा बढी भेडालाई पहिराले बगाएर बेपत्ता बनाएको छ ।

गाउँदेखि झण्डै तीन घण्टाको पदैल दूरीमा पर्ने पङ्गीम भन्ने स्थानमा चराउन लगिएको भेडा पहिरो बगाएर बेपत्ता बनाएको हो ।

घटना गत बिहीबार बिहान करीब १० बजेको समयमा भएपनि खर्कबाट गाउँमा जानकारी ढिलो गरी आएको वडाध्यक्ष दिलिप गुरुङले बताउनुभयो ।

‘ठूलो पानी परेपछि गोठालाहरू ओडारमा बसेका बेला एक्कासि आएको पहिराले भेडा बगाएको जानकारी आएको छ,’ उहाँले भन्नुभयो, ‘करिब १२० ओटा भेडामध्ये ३० वटाभन्दा बढीलाई पहिराले बगाएको गोठालो बताएका छन् ।’

स्थानीयबासी राजु घले र लेक्पा घलेको भेडा पहिराले बगाएको उहाँको भनाइ छ । लगातार पानी परेकाले पहिरामा पुरिएका भेडा निकाल्न नसकेको जानकारी आएको वडाध्यक्ष गुरुङले बताउनुभयो ।

यस्तै, सहिद लखन गाउँपालिका-७, बुङकोटमा गएराति माथिबाट खसेको पहिरोले गोठ पुरिँदा गोठमा भएका दुई भैसी, तीन बोका बाख्रा पुरिएर मरेका छन् । स्थानीयबासी धनबहादुर श्रेष्ठको गोठमा माथिबाट पहिरो खसेको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिनुभयो ।

लगातार पानी परेकाले राति पहिरो हटाउन नसकिएपछि आज बिहान एक्साभेटरको सहायताले पुरिएको पशु चौपाया निकालिएको उहाँले बताउनुभयो ।