अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

स्पष्टीकरण सोधिएका १२ नेतालाई के गर्ने भन्ने विषय टुंगो नलाग्दा एमाले स्थायी कमिटी बैठक फेरि स्थगित

स्पष्टीकरण सोधिएका १२ नेतालाई के गर्ने भन्ने विषय टुंगो नलाग्दा एमाले स्थायी कमिटी बैठक फेरि स्थगित


काठमाडौं- नेकपा एमाले स्थायी कमिटीको बैठक आज पनि स्थगित भएको छ । सोमबार बिहान १० बजे बालुवाटारमा बस्ने भनिएको बैठक विविध कारण देखाएर स्थगित गरिएको छ ।

लुम्बिनीमा राष्ट्रिय सभाको निर्वाचनलाई कारण देखाए पनि स्पष्टीकरण सोधिएका १२ जना सदस्यहरुको बारेमा के गर्ने भन्ने बारेमा टुंगो नलाग्दा बैठक स्थगित भएको एक् स्थायी कमिटी सदस्यले बताउनुभयो । उहाँका अनुसार केही नेताहरु स्पष्टीरकण सोधिएकालाई पार्टीबाट निश्कासन गर्नु नहुने बरु संवादबाट सहमति गरेर अघि बढ्नुपर्ने पक्षमा छन् ।

यसका लागि स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ र अर्थ मन्त्री विष्णु पौडेल क्रियाशील हुनुहुन्छ ।