अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

वामदेवको माग : एमाले विभाजन रोक्न जेठ २ मा कायम बैठक बोलाउनुपर्छ (विज्ञप्तिसहित)

वामदेवको माग : एमाले विभाजन रोक्न जेठ २ मा कायम बैठक बोलाउनुपर्छ (विज्ञप्तिसहित)


काठमाडौं- नेकपा एमालेमा नेता वामदेव गौतमले पार्टी एकताका लागि २०७५ जेठ २ गते कायम रहेका पदाधिकारीसहितको स्थायी कमिटी बैठक बोलाउन आग्रह गर्नु भएको छ ।

आज साँझ विज्ञप्ति जारी गर्दै उहाँले सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना वा विघटन सदर जुनसुकै फैसला आए पनि एमाले एकताबद्ध एमाले आवश्यक रहेको भन्दै अध्यक्ष केपी शर्मा आलीलाई जेठ २ अघिको कमिटी बैठक बोलाउन आग्रह गर्नु भएको हो ।

‘छिटोभन्दा छिटो २०७५ जेठ २ गते कायम रहेको नेकपा (एमाले)को दुई बरिष्ठ नेता, चार उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र पाँच सचिवसहितको स्थायी कमिटी बैठक बोलाएर पार्टीभित्र उत्पन्न भएका विषयहरूमा छलफल गरी सही मार्गदर्शन गर्न एकता अभियानको यो बैठक पार्टी अध्यक्ष तथा प्रधानमन्त्री क. केपी ओली समक्ष हार्दिक अनुरोध गर्दछ,’ गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

नेकपा (एमाले) पार्टी एकता राष्ट्रिय अभियानका संयोजकसमेत रहनुभएका गौतमले पार्टी एकतापछि दुवै पक्षले नेपाली जनताका अगाडि आफ्ना कमिकमजोरीबारे व्यवस्थित आत्मालोचना गर्दै वास्तविक समाधान हुने उल्लेख गर्नुभएको छ ।

उहाँले पार्टीभित्रको समस्या समाधान भए संसारभरीका क्रान्तिकारीहरूका निम्ति नयाँ सन्देश दिन पनि सकिने उल्लेख गर्नु भएको छ ।

गौतमद्वारा जारी विज्ञप्ति :