अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

माधव नेपाल छाड्दै पार्टी एकताको पक्षमा उभिनुभएका पहाडी सामान्य प्रशासन मन्त्री

माधव नेपाल छाड्दै पार्टी एकताको पक्षमा उभिनुभएका पहाडी सामान्य प्रशासन मन्त्री


काठमाडौं– माधव नेपाल छाड्दै पार्टी एकताको पक्षमा उभिनुभएका गणेश पहाडी संघीय ममिला तथा सामान्य प्रशासन मन्त्री हुनुहुने भएको छ ।

प्रधानमन्त्रीले बिहीबार विस्तार गर्न लागेको मन्त्रिमण्डलमा गणेश पहाडी सामान्य प्रशासन मन्त्री बन्ने पक्का भएको छ ।

पहाडी केही समयअघिसम्म एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा हुनुहुन्थ्यो । नवौं महाधिवेशनमा उहाँ नेपालको प्यानलबाट वैकल्पिक केन्द्रीय सदस्य निर्वाचित हुनुभएका थिए ।

वैशाख २७ गते संसदमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदा अनुपस्थित हुनुभएका पहाडीले राष्ट्रपति कार्यालयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन बुझाइएको पत्रमा हस्ताक्षर दुरुपयोग गरिएपछि समूह त्याग्नुभएको थियो ।

पहाडीले २०७० र २०७४ मा सिन्धुलीबाट चुनाव जित्नुभएको थियो ।