अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

मन्त्रिपरिषदले पूर्णता पायो, नयाँ मन्त्रीको सपथ चार बजे (सूचीसहित)

मन्त्रिपरिषदले पूर्णता पायो, नयाँ मन्त्रीको सपथ चार बजे (सूचीसहित)


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल विस्तार गर्नु भएको छ । आज सात मन्त्री र एक राज्यमन्त्री थप गरी प्रधानमन्त्री ओलीले २५ सदस्यीय मन्त्रिपरिषद बनाउनुभएको हो ।

योसँगै मन्त्रिपरिषदले पूर्णता पाएको छ । संविधानले बढीमा २५ सदस्यीय संघीय सरकार गठन गर्नसक्ने व्यवस्था गरेको छ ।

नवनियुक्त मन्त्रीहरूको शपथ आज अपरान्ह ४ बजे शीतल निवासमा हुने कार्यक्रम तय भएको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिनुभयो । यसअघि प्रधानमन्त्री ओलीले जेठ २१ गते पनि मन्त्रिपरिषद विस्तार गर्नुभएको थियो ।

आज शपथग्रहण गर्नेमा खगराज अधिकारी गृह, राजकिशोर यादव उद्योग बाणिज्य तथा आपूर्ति, नैनकला थापा सञ्चार सूचना तथा प्रविधि, ज्वालाकुमारी साह कृषि तथा पशुपन्छी विकास, नारदमुनी राना वन तथा वातावरण, गणेशकुमार पहाडी संघीय मामिला तथा सामान्य प्रशासन, मोहन बानियाँ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र आशाकुमारी विक राज्यमन्त्री वन तथा वातावरण रहनुभएको छ ।