अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

आज पनि वर्षाको सम्भावना

आज पनि वर्षाको सम्भावना


काठमाडौं– मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भूभागमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाले पहाडी क्षेत्र र तटीय क्षेत्रमा बासिन्दालाई सतर्कता अपनाउन समेत अनुरोध गरेको छ ।

महाशाखाले आज प्रदेश १, गण्डकी, लुम्बिनी र बागमती प्रदेशको केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ । उक्त प्रदेशहरुको पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो ।

महाशाखाका अनुसार आज देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।