अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

कुलमानलाई विद्युत प्राधिकरणमा नियुक्त गर्न प्रधानमन्त्री देउवाको निर्देशन

कुलमानलाई विद्युत प्राधिकरणमा नियुक्त गर्न प्रधानमन्त्री देउवाको निर्देशन


काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्न ऊर्जामन्त्री पम्फा भुसाललाई निर्देशन दिनुभएको छ ।

देउवा सचिवालयका अनुसार आवश्यक प्रक्रिया पूरा गरेर घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न भुसाललाई निर्देशन दिएको हो ।

झण्डै एक वर्षअघि कार्यकाल पूरा भएपछि अघिल्लो सरकारले हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी बनाएको थियो ।

दैनिक १४ घण्टे लोडसेडिङ अन्त्य गरेर जनतामाझ लोकप्रिय बनेका कुलमानले चार वर्षे अवधिमा लोडसेडिङ अन्त्य गर्नुका साथै प्राधिकरणको साख उचो पार्नुभएको थियो ।