अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

माधवको मुभः छिनोफानोका लागि आज केन्द्रीय सदस्यहरुको भेला

माधवको मुभः छिनोफानोका लागि आज केन्द्रीय सदस्यहरुको भेला


काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एकता वा विभाजनबारे अन्तिम छिनोफानो गर्ने तयारी गर्नुभएको छ ।

नेता नेपालले आज बुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा आफूनिकट केन्द्रीय सदस्यहरूको भेला बोलाउनुभएको छ ।

स्थायी कमिटीका अधिकांश नेताहरुले पार्टी एकताको पक्षमा दबाब दिएपछि नेता नेपालले केन्द्रीय सदस्यहको भेला बोलाउनुभएको हो । केन्द्रीय समितिका कतिपय नेताहरु भने विभाजनको पक्षमा हुनुहुन्छ ।

माओवादी अध्यक्ष प्रचण्डसँग लामो छलफल भएलगत्तै नेपालले केन्द्रीय कमिटी बैठक बोलाउनुलाई अर्थपूर्णरूपमा लिइएको छ ।