अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

देउवा सरकारले भूमिहीन सुकुम्बासीमाथि कुठाराधात गर्‍यो : शिवमाया तुम्बाहाङ्फे

देउवा सरकारले भूमिहीन सुकुम्बासीमाथि कुठाराधात गर्‍यो : शिवमाया तुम्बाहाङ्फे


काठमाडौं– नेकपा एमालेकी नेत्री तथा पूर्वमन्त्री शिवमाया तुम्बाहाङ्फेले सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग बिघटन गरेर सुकुम्बासीमाथि कुठाराधात गरेको बताउनुभएको छ ।

आज सामाजिक सञ्जालमार्फत् उहाँले देउवा सरकारले आयोग बिघटन गरी भूमिहीन दलितको मौलिक हक हनन् गरेको बताउनुभएको हो ।

‘भूमिहीन सुकुम्बासीमाथि कुठाराधात गरेको छ । अव्यवस्थित बसोवासको समस्याले पिल्सिरहेका तराई क्षेत्रका जनताको समस्यालाई उपेक्षा गरेको छ,’ नेत्री तुम्बाहाङ्फेले लेख्नुभएको छ, ‘वितरणका लागि तयारी अवस्थामा रहेका लालपुर्जा सुकुम्बासीले नपाउने भएका छन् । तसर्थः भूमि ऐनमा ब्यबस्था भएको प्रावधानलाई यो सरकारले समयभित्र नै कार्यान्वयन गर्छ भन्ने कुनै आधार छैन ।’

मौलिक हक हनन् गर्ने सरकारको अधिकार नभएको उल्लेख गर्दै उहाँले भूमिहीन सुकुम्बासीलाई लालपुर्जा दिनका लागि सबै एकताबद्ध हुन पनि आग्रह गर्नुभएको छ ।