अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

नेपाल समूहको आजको निर्णय हेरेर रणनीति तय गर्न एमालेले बोलायो स्थायी कमिटी बैठक, सातै प्रदेशका अध्यक्षलाई पनि बोलाइयो

नेपाल समूहको आजको निर्णय हेरेर रणनीति तय गर्न एमालेले बोलायो स्थायी कमिटी बैठक, सातै प्रदेशका अध्यक्षलाई पनि बोलाइयो


काठमाडौं– माधव नेपाल समूहको आजको निर्णयलाई हेरेर भावी रणनीति बनाउन नेकपा एमालेले भोलि स्थायी कमिटी बैठक बोलाएको छ ।

भोलिको बैठकमा सातै प्रदेशका अध्यक्षहरूलाई समेत डाकिएको छ । पार्टीको दशौं महाधिवेशन र विधान संसोधनका बारेमा छलफल गर्न आफूहरुलाई समेत बैठकमा डाकिएको एमाले प्रदेश २ का अध्यक्ष ज्वालाकुमारी साहले जानकारी दिनुभयो ।

नेपाल समूहले आजको बैठकपछि नयाँ पार्टी दर्ता गर्ने एमाले संस्थापनको अनुमान छ । पार्टीमा सहमति कायम गर्नका लागि लामो समयदेखि लागिपरिरहेका एक नेताका अनुसार अब पार्टी बनिने भन्दा पनि भत्किने बाटोतिर गएको छ । ‘पार्टी बचाउनलाई धेरै प्रयत्न गरियो तर अब भत्केला जस्तो छ,’ निराश हुँदै ति नेताले भन्नुभयो, ‘अब भोलि बस्ने स्थायी कमिटीको बैठकले धेरै कुराहरूको छिनोफानो गर्दछ ।’